जीवनकाे पाठशालामा सिकेकाे व्याकरण




जीवन त याैटा प्राथमिक विद्यालय रहेछ
अाफ्नै जीवनकाे पाठशालाबाटै सिकिँदाे रहेछ व्याकरण
व्याकरण पढ्दै पढाउँदै गर्दा गर्दै अाफैँ व्याकरण भइँदाे रहेछ
त्यहिदिनबाट म बेचिएकाे रहेछु यतै कतै ।

व्याकरणकाे उच्चकाेटीकाे म विद्यार्थीलाई
तिमीले खाते भन्याै म खाते भएँ
चाेर भन्याै चाेर भएँ
फटाह भन्याै फटाह भएँ
ऐनामा चाउरिएकाे निधार देखेर देश सम्झिएँ
देश राेइरहेकाे देखेर सहिद भएकाे छाेराे सम्झिएँ
तिमीले पागल भन्याै
बलात्कारी भन्याै
भन्नेहरू सबै सबै भन्याै
भन्न बाँकी त केही राखेनाै
र त मैले त्यहि दिनबाट तिम्राे बिद्राेहमा हतियार उठाएकाे हुँ ।
तर अपशोच कानुनकाे अाँखामा देशद्राेही लेखिएछ ।

सरकार तिम्राे विरुद्धमा निस्कने अावाज यही हाे
– सास दबाइ दिनु
तिम्राे विरुद्धमा कालाे झण्डा उठाउने हात यही हाे – जसलाई भाँचिनुदिनु
म पागल हुँ सरकार पागल
किन किन मलाई तिम्राे दासी हुनै मन लाग्दैन
महाराज ! भन्नाेस् न
मलाई माैन बस्न मन नलाग्नु
तपाईंको गाेडा माेल्न नजान्नु
रानीसाबहरूकाे सेवा गर्न नजान्नु
हाकीमकाे गुणगान गाउन मन नलाग्नु
के याे म पागल हुनुकाे परिणाम हाे ?

प्रतिक्रिया दिनुहोस्