डोजरले बाटो खन्नु मात्रै विकास होइनः नगर प्रमुख बस्नेत



१२ माघ, रामेछाप ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश वस्नेतले सडक निर्माण गर्नु मात्र विकास नभएको बताएका छन् । उनले डोजर चलाउनु मात्र विकास नभएको बताएककका हुन् ‘
सदरमुकाम मन्थलीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख वस्नेतले भने, ‘अहिले हामी डोजर लिएर बाटो भत्काउने काम मात्रै गरी रहेका छौँ, यो समस्या रामेछापको मात्रै नभएर देशै भरी हो ।’


बस्नेतले नगरपालिकाका १४ ओटै वडाका वडाअध्यक्षहरुलाई स्वाथ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । भूकम्प पछि रामेछाप जिल्ला र मन्थली नगर क्षेत्रभित्रका स्वास्थ संस्थाहरुको पुननिर्माणको गति अत्यन्तै सुस्त र कमजोर भएकोले त्यसलाई प्रभाकारी ढंगबाट अगाडी बढाउन सबै लाग्नु पर्नेमा नगरप्रमुख वस्नेतले जोड दिए ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको त्यसको परिणाम देखिने काम गर्नु पर्ने बताउदै उनले समस्या, चुनौती र सम्भावनालाई सगसँगै लिएर जाँदा केही जटिलता देखिए पनि विकास गर्न यी तीनै कुराको समिश्रणबाट परिणाम देखिने बताए ।

प्रतिक्रिया दिनुहोस्