खाडाँदेवी गाउँपालिकामा एक दिन सार्वजनिक विदा



१३ माघ, रामेछाप ।
खाडाँदेवी गाउँपालिकाले एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा आगामी माघ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


खाँडादेवी गाउँ कार्यपालिकाको बैठकले तामाङ समुदायको पर्व २८५५ औं (फाग÷ढ्वा ल्हो) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका अन्तर्गत कार्यालय, वडा कार्यालय, विद्यालय, स्वस्थ्य चौकी, सेवा केन्द्र, बैंक तथा वित्तिय संस्था लगायतका सरकारी कार्यालय विदा दिइएको हो ।


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले तामाङ समुदायको पर्वको अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्