नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश ३ को अध्यक्षमा निरबहादुर कार्की



१३ माघ, काठमाडौं ।
नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नम्बर ३ को अध्यक्षमा रामेछाप गौरीशकंर माविका प्रअ नीर बहादुर कार्की चयन भएका छन् । काठमाडौंमा सम्पन्न संगठनको भेलाले कार्कीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।


भेलाबाट वरिष्ठ उपाध्यक्षमा सुरेश फुयाल, महिला उपाध्यक्षमा सुभद्रा अधिकारी, समावेशी उपाध्यक्षमा सहदेव लकान्द्य्री, सचिवमा राजेन्द्र श्रेष्ठ, स सचिवमा सानुमैया खड्का, कोषाध्यक्षमा गोविन्द रेग्मी, सह कोषाध्यक्षमा पावती रिमाल चयन भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरुमा तुलाराम ढकाल, वीरेन्द्र खडका, जीवनाथ अधिकारी, ओम प्रसाद तिमिल्सिना, विष्णु प्रसाद गौतम, श्याम कुमार गुरुङ, रुद्र प्रसाद दुनै, सारदा प्रसाद सापकोटा, राम प्रसाद सापकोटा, गणेश प्रसाद दाहाल, रुद्र बहादुर खड्का, मोहन शर्मा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्