साहारा सहकारीद्धारा बिरामीलाई फलफुल वितरण



माघ १३, रामेछाप ।
साहारा बचत तथा ऋण सहकारी संस्थाले सदरमुकाम मन्थलीका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । सहकारीको १३ अाै स्थापना दिवसको अबसरमा संस्थाले बिरामीहरुलाई फलफूल बितरण गरेको हो । सहकारीले आइतबार विहान जिल्ला अस्पताल रामेछाप, तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र मन्थली प्राथामिक स्वास्थ केन्द्रमा उपचार गराइ रहेका ३५ जना विरामीहरुलाई हर्लिक्स, फलफूल र सुत्केरी आमा तथा बालबालिकाहरुलाई न्यानो कपडा उपलब्ध गराएको हो ।


संस्थाकी उपाध्यक्ष तीजमायाँ भुजेलको नेतृत्वमा सचिब बलराम श्रेष्ठ, कोषाध्यक्ष शिवराज श्रेष्ठ लगायतको टोली विरामीलाई फलफूल तथा न्यानो कपडा उपल्ध गराका थिए ।
१३ औँ स्थापना दिवसलाई समाजिक मैत्री बनाउने उदेश्यले संस्थाको ब्यानर सहित संचालक समिति र कर्मचारी सहितको टीलीले अस्पतालमै पुगेर फलफूल वितरण गरेको संस्थाका सचिव बलराम श्रेष्ठले बताए ।
सहकारीले यस अघि पनि मन्थलीको भैसेश्वर चोकमा रहेको सार्वजनिक शौचालय निर्माण, बजारमा राखिएको सिसी लगायतको कार्यमा सहयोग गर्दै आएको छ । करिब ४ हजार सदस्य रहेको सहकारीले अहिले करिब १७ करोड बराबरको आर्थिक कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्