धुलाम्मे मन्थली–सालु सडक कालोपत्रे गर्न १४ करोड



रामचन्द्र बि. क.
१४ माघ, रामेछाप । सदरमुकाम मन्थलीदेखि सालुसम्मको धुलाम्मे सडक कालोपत्रे हुने भएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा सडक कालोपत्र गर्न लागेको हो । सडकको ट्याक खोलेको बर्षौ वितिसक्दा समेत कालोपत्र हुन नसकेको त्यस सडक निर्माणको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेर ठेक्का समेत आह्वान गरिसकेको छ ।
मन्त्री ढुंगेलले रामेछापका आट वटा स्थानीय तह जोडने मुख्य सडकलाई प्राथमिकता दिएर कालोपत्रे र स्तरउन्तीको काम अगाडि बढाइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछापको मुख्य सडक पहिचान गरेर यस बर्ष चार वडा सडक कालोपत्रेको लागि काम अगाडि बढाइएको छ, अर्को बर्ष पुनः थप सडकहरु कालोपत्रको प्रक्रियामा अगाडि बढछ ।’


मन्थलीको मदौ–राल्टार–समालीथान–सालु सडक कालोपत्रे हुने भएपछि स्थानीय खुसी भएका छन् । ३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वधार विकास कार्यालय रामेछापका प्रमुख जयराम श्रेष्ठले मन्थली सालु ७.६३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको रामेछाप न्युजलाई बताए ।
उनले भने,‘मन्थलीदेखि सालुसम्मको सडक निर्माण गर्नको लागि टेन्डर आह्वान गरिसकेका छौ, मुल्याकङकनको काम धमाधम भइरहेको छ, प्रदेश कार्यालयबाट स्वीकृत भएर आए लगत्तै ठेक्का सम्झौता गरेर काम अगाडि बढाउछौ ।’ उक्त सडक कालोपत्रे गर्नको लागि प्रदेश सरकारले १४ करोड बजेट छुटयाएको छ ।
सडकको चौडा नाला समेत गरेर ८ मिटर कालोपत्रे हुने बताउदै प्रमुख श्रेष्ठले सडकको कालोपत्रे डिबिएसडी प्रविधि अनुसार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्