मुख्यमन्त्री पौडेलद्धारा तीन लालको शालिकमा माल्यार्पण



मुख्यमन्त्री पौडेलद्धारा तीन लालको शालिकमा माल्यार्पण
१४ माघ, रामेछाप ।
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापको सदरमुकाम मन्थलीस्थित हाटेचौरमा रहेको तीन लालको शालिकमा माल्यार्पण गरेका छन् । जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मन्थली आएका मुख्यमन्त्री पौडेलले पुष्पलाल गंगालाल कृष्णलालको शालिकमा माल्यार्पण गरेका हुन् ।

उक्त कार्यक्रममा तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, रामेछाप प्रदेशसभा १ का सांसद शान्ति पौडेल सहित नेकपाका नेताहरुको सहभागीता रहेको थियो । रामेछाप जिल्लाको विकास गर्न जनप्रतिनिधिहरुसँग छलफल गर्न मुख्यमन्त्री रामेछाप आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्