रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल निर्माणले जगायो आशा



१६ माघ, रामेछाप ।
दस बर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोडने सुनकोसी नदीस्थित खैरेनीघाट पुल निर्माणले गति लिएको छ । सुनकोसी नदीमा पानीको बहाप घटेसँगै निर्माण कम्पनीले पुल निर्माणको कामलाई गति दिएको हो ।


पुल निर्माणको जिम्मेवारी पाएका कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले यस पटक गाडी गुडाउने गरी काम भइरहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘विगतमा के भयो म त्यतातिर जान चाहन्न, गत बर्षबाटै मेलै जिम्मेवारी लिएर काम सुरु गरेको हुँ, यस बर्ष पुल निर्माण गरेर हस्तान्तरण गर्छु ।’


पुल निर्माण अन्तर्गत वारिपारी पिलर निर्माण सम्पन्न भएर करिब ६६ मिटर फलामको ट्रष्ट जडान गर्ने काम धमाधम भइरहेको छ । पुल निर्माणको लागि आवश्यक सामाग्री निर्माणस्थलमा पुगिसकेको बताउदै मैनालीले यसै बर्ष गाडी गुडने गरी काम सम्पन्न हुने विश्वास व्यक्त गरे । करिब ९ करोड रुपैयाँमा निर्माण भइरहेको पुल निर्माणमा यस अघि ठेकेदार कम्पनीकै ढिलासुस्तीको कारण अलपत्र पर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्