आगलागीबाट छोरा गुमाएका परिवारलाई प्रजिअ शर्माले घरमै पुगेर दिए राहत



१६ माघ, रामेछाप ।
रामेछाप नगरपालिका–६ ओख्रेनीको पिपलटामा घर आगलागी हुँदा छोरा गुमाएका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको छ । आगलागीको कारण छोरा गुमाएका शंखमान मगरको परिवारलाई समितिले राहत प्रदान गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम जिल्ला प्रशासन कार्यलय रामेछापका प्रमुख कृष्ण प्रसाद शर्माले आगलागी पीडित मगरको घरमा पुगेर राहात प्रदान गरेका छन् ।


आगलागी पीडित मगरलाई जिल्ला विपद् व्यवस्थापन समितिले १ लाख रुपैयाँ, लत्ताकपडा, त्रिपाल र ओढ्ने ओछ्याउने ब्लाङकेट समेत प्रदान गरेको छ ।
त्यसैगरी रामेछाप नगपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरले पीडित परिवालाई ६५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् । साथै घर पूर्णरुपमा जलेर घरबार बिहीन भएका मगर परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले, त्रिपाल, ओढ्ने कम्मल, लगाउने कपडा, चप्पल, खाना पकाउने र खाने भाँडाहरु, ब्रस मञ्जन लगायत मगरको परिवारलाई आवश्यक पर्ने एकसरो आधारभूत सामग्री प्रदान गरेको छ ।
गत माघ १४ गते आगलागीबाट मगरको ११ महिनाका छोरा दिपेन्द्र मगरको मृत्यु भएको थियो । साथै आगोलागीबाट खरले छाएको दुई वटा घर जलेर नष्ट भएका मगरलाई सरकारले राहत उपलब्ध गरएको हो ।

प्रतिक्रिया दिनुहोस्