सरकारको विरुद्ध नेविसंघले निकाल्यो मन्थलीमा सिठ्ठी जुलुस
रामचन्द्र वि.क.
माघ १, रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले कम्युनिष्ट सरकारले खराब काम गर्न थालेको भन्दै त्यसको बिरोध स्वरुप सिठ्ठी जुलुस निकालेको छ । सरकारले गर्ने हरेक काममा अधिनायकबाद झल्किदैँ गएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गर्दै नेविसंघले बुधबार साँझ मन्थलीमा सिठ्ठी जुलुस निकालेको हो । मन्थलीको देवकोटाचोकबाट सुरु भएको विरोध जुलुस मन्थली बजार परिकक्रम गरी विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्कीले सिंहदरवारमा बसेर भ्रष्टचार गरिरहेकाको सरकारको विरुद्धमा नेपाली काग्रेसले आन्दोलन चलाएको बताए । देश लुट्ने ओली र प्रचण्डहरु अहिले पनि मार्सी चामललको भातमा बिक्री भरहेको भन्दै सचिव कार्कीले मार्सी चामालको मुल्य चर्को पर्ने चेतवानी दिए ।
त्यसैगरी नेविसंघ क्षेत्र नम्बर १ रामेछापका सभापती धिरज खत्रीले नेबिसंघले सरकारका खराब कामको विरोधमा शान्तिपूर्ण रुपमा विरोध जनाउँदा आफ्ना नेताहरुलाई बिना कारण पक्राउ गरी जेल हाल्न थालेकाले तत्काल रिहाइ गर्न माग गरे । त्यस्तै नेविसंघ क्षेत्र नम्बर २ रामेछापका सभापती उत्तम कार्कीले काग्रेसलाई स–सान कुरामा बाम सरकारले जिस्क्याइरहेको भन्दै नजिस्क्याउन चेतावनी दिए । उनले यसरी काग्रेसलाई जिस्क्याउँदै जाने हो भने कम्युनिष्ट भन्ने पार्टीनै पतन हुने बताए ।
अधिनायकबादी सरकार बिरुद्ध सिठ्ठी जुलुस लेखिएको कालो ब्यानर सहित निस्केको जुलुस प्रदर्शनमा नेपाल विद्यार्थी संघ रामेछापका सचिब सुन्दर घिमिरे, सहसचिब विमल पौडेल, कोषाध्यक्ष युवराज सुवेदी लगायत काग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

