मापासे गरेर मोटरसाइकल चलाउदा मन्थलीमा दुई पैदल यात्री घाइते



माघ १७, रामेछाप ।

रामेछापको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट दुई पैदल यात्री घाइते भएका छन् । बिहिबार साँझ तामाकोशी अस्पताल हुँदै देबकोटाचोकतर्फ आइरहेको बा ५९ प २४२ नम्बरको मोटरसाइकलले देबकोटा चोक नजिकै ठक्कर दिदा सप्तरी जिल्ला कञ्चनपुर–८ घर भई हाल रामेछाप बस्ने एम.डि नसुल मन्सुरी र रामेछाप नपा–१ घर भइ हाल मन्थली बस्ने सर्मिला नेपाली घाइते भएका हुन् ।
घाइते मन्सुरीको खुट्टामा र नेपालीको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार घाइते दुबैको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकले मापसे गरेको भेटिएको जिल्ला प्रहारी कार्यालय रामेछापका प्रहरी निरीक्षक रबिभुषण यादबले जानकारी दिए । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरको यादबले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्