सरकार विरुद्ध रामेछापमा काग्रेसको विरोध प्रर्दशन



२१ माघ, रामेछाप ।
पछिल्लो समयमा सरकारले हत्यारा, बलात्कारी, भ्रष्टाचारी लगायतका घटनामा संलग्न भएकालाई संरक्षण दिएको भन्दै देशै भरी सरकारको विरोध गरी रहेको काग्रेसले रामेछापमा पनि विरोध जनाएको छ । सोमबार भएको विरोध ¥यालीमा नेपाली काग्रेस जिल्ला पार्टी सभापती लवश्री न्यौपाने, जिल्लास्तरका सबै नेता, आठ ओटै स्थानीय तहका काग्रेसका प्रमुख, भातृ संगठनका प्रमुख लगायतको सहभागीता थियो ।


विपी चोकबाट सुरु भएको विरोध ¥यालीमा ओली सरकार चाहिदैन, हत्या आतंक बन्द गर, कालोबजारी नियन्त्ररण गर, निर्मलाको हत्यारालाई सार्वजनिक गर, अधिनायकबाद अन्त्य गर लगायतका नारा लगाउँदै बजार परिक्रमा गरी पुन विपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै नेपाली काग्रेसका सभापती लबश्री न्यौपानेले सरकारले जनतालाई झुक्याएर काम गरिरहेको सरकारले गलत काम नसच्याए शसक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले अहिले सरकारले काग्रेसले राखेका मागहरुलाई बेवास्ता गरेर अगाडी बड्ना खोजे त्यसको मुल्य सरकारलाई महगो पर्ने बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै काग्रेसका नेताहरुले सरकारले आफुले गरेको गल्तीलाई तत्काल नसच्याए र काग्रेसको मागलाई बेवास्त गरे कम्युनिष्ट भन्ने पार्टी नै नेपालमा टर्च बालेर खोज्नु पर्ने स्थिति पुग्ने दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस्