मेयरकप रामेछाप सिभिल च्याम्पियनसिपः एक नम्बर प्रदेशको विजयी सुरुवात



२२ माघ, रामेछाप ।
मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८,२५–२१,२५–२२ले पराजित ग¥यो । विजयी टोली समुहमा पहिलो भएको छ ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा पूर्व सांसद देवशंकर पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठका साथै प्रदेश सभा सदस्य शान्ती प्रसाद पौडेल र मुख्य सहआयोजक मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेत लगायतको सहभागीता रहेको थियो ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता शनिवार सम्पन्न हुने छ । प्रतियोगितामा मन्थली नगरपालिका मुख्य प्रायोजक तथा मुख्य सहआयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालिका,ु सुनापती गाउँपालिका, खाँडाँदेवी गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका र दोरम्बा गाउपालिका सहआयोजक रहेका छन् ।


कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्रायः सबै टोलीमा राष्ट्रियस्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुरपश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्