दोरम्बा गाउँपालिकाका जनप्रतिनिधिलाई एउटै पोशाक




नारायण श्रेष्ठ
माघ २३, रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले जनप्रतिनिधिको आफ्नो पहिचान लागि एउटै पोशाक लागू गरेको छ । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी चोलो पोशाक लागू गरेको हो ।


सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गरिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताए ।


दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले भने,‘पोशाकमा एकरुपता नहुँदा धेरै समस्या हुने गरेको पाइयो, झट्ट हेर्दा चिन्न सजिलो होस भनेर औपचारिक कार्यक्रममा पमोश लगाउने निर्णय कार्यान्वयन गरेको हौ ।’


आगामी गाउँसभा र गाउँ कार्यपालिकाको बैठकमा जनप्रतिनिधिहरुले तोकिएको पोशाक लगाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्