रामेछापको नमुनादिप र शान्तिदिप युवा क्लव क्वार्टरफाइनलमा



माघ २३, रामेछाप ।

गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब र नमुना दिप युवा क्लब समुहमा पहिलो स्थान प्राप्त गर्दै मन्थली मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रबेश गरेका छन् । गण्डकी प्रदेशले बुधबार सम्पन्न दुवै खेलमा जित हात गर्यो ।

पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४,२५–९,२५–१९ले पराजित गरेको हरि पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेशले सात नम्बर प्रदेशलाई २५–१८,२५–२०,२५–१९ले हराउदै समुह कमा पहिलो स्थान हात पारेको हो ।


सात नम्बर प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । समुह घको खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ ले हरायो । समुह गको खेलमा नमुनादिपले दुई नम्बर प्रदेशलाई २५–१९,२५–२३,२५–१२ले हरायो ।
बिहिबार हुने क्वार्टरफाइनल खेलमा गण्डकी प्रदेशले दुइ नम्बर प्रदेश,शान्तीदिपले कर्णलीप्रदेश, नमुनादिपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन् ।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रतियोगितामा मन्थली नगरपालिका मुख्य प्रायोजक तथा मुख्य सह आयोजक रहेको छ । यसैगरी, रामेछाप नगरपालिका सहित छ वटा गाउँपालिका सहआयोजक रहेका छन् ।


कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ । रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ । प्राय सबै टोलीमा राष्ट्रियस्तरमा परिचित खेलाडीहरु रहेका छन् । गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्