भ्वाँसामा प्रवचनसँगै सांस्कृतिक कार्यक्रम हुँदै



२३ माघ, रामेछाप ।
सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा माघ २४ गते धार्मिक प्रवचन एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
‘हाम्रो धर्म संस्कार हाम्रो पहिचान, सम्बद्र्धन र प्रबद्र्धन हाम्रो अभियान’ भन्ने मुल मन्त्रको साथ २८५५ औं (ढ्वा ल्हो) सोनाम ल्होछारको अवसरमा धर्म गुरु खेन्पो फुर्वा तामाङबाट विशेष प्रवचन हुन लागेको हो ।


म्हणिपा आमा समुह, पेमा छयोइलिङ गुम्बा सुनापती–४ भ्वाँसाले आयोजना गरेको सांस्कृति कार्यक्रममा गायक राज कुमार तामाङ, अग्निशा थिङ, वसन्ती तामाङ, सेन्स योञ्जन, प्रकृति थिङ लगायतको कलाकारहरुको प्रस्तुत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्