सिन्धुलीको कमेरेफाँटमा जन्ती ट्रिपर दुर्घटना, २ जनाको मृत्यु



२४ माघ, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाबाट जन्ती बोकेर काभ्रे जादै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चालिस जना घाइते भएका छन् ।


हिजो बेलुकी रामेछापको खाँडादेवी गाउँपालिका–१ कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको ट्रिपर सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९ की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाडौको ट्रमा सेन्टरमा लगिएको छ । बाँकी घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ

प्रतिक्रिया दिनुहोस्