सुनापती गाउँपालिकामा भोली सार्वजनिक सुनुवाई हुँदै



२४ माघ, रामेछाप ।
सुनापती गाउँपालिकाले गाउँपालिकाभित्र भएका विकास निर्माण र सम्पादित कामको बारेमा नागरिकहरुलाई जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
गाउँपालिकाको कार्यालय हिलेदेवीमा भोली सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाद्धारा जारी सूचनामा गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार माघ २५ गते सार्वजनिक सुनुवाई कार्यक्रममो आयोजना गरिएको बताइएको छ ।


गाउँपालिकाका प्रवक्ता कमल केसीले गाउँपालिकाबाट भएका कामको बारेमा जानकारी गराउने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताए । उनले सार्वजनिक सुनुवाई कार्यक्रमको बारेमा सहभागी भएर नागरिकहरुले आफ्नो जिज्ञासा राख्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्