मन्थलीमा जारी चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता स्थगित



माघ २६, रामेछाप ।
रामेछापको मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको शनिबार हुने भनिएका खेलहरु प्रतिकुल मौसमका कारण स्थगित भएको छ । शनिबार दिउँसो सम्म पानी परेको कारण खेल मैदन हिलो भए पछि आइतबार बिहान ८ बजे बाट मात्रै खेल हुने आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले बताएको छ ।
खेल तालिका अनुसार शानिबार बिजेताको लागि गण्डकी प्रदेश र नमूना दीप युवा क्लबबीच प्रतिस्पर्धा हुने थियो ।
सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई र दोस्रो सेमिफाइनलको खेलमा नमूना दीप युवा क्लबले शान्तिदिप युवा क्लबलाई हराएर फाइनलको यात्र तया गरेका हुन् ।
गत मंगलबार देखि सुरु भएको कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको राष्ट्रिय स्तरको प्रतियोगितामा ६ प्रादेशिक टिम र रामेछापका तीन गरी ९ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्