रामेछाप सिभिल च्याम्पियनशिपको उपाधि गण्डकी प्रदेशले जित्यो




२७ माघ, रामेछाप ।
मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनशिप २०७५ एवंम चौथो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज भएको फाइनल खेलमा गण्डकी प्रदेश विजेता बनेको हो ।
गण्डकी प्रदेश र नमुनादीप युवा क्लवबीच भएको फाइनल खेलमा २५–२२, २५–२१, २५–१८ को सोझो सेटमा नमूनादी युवा क्लवलाई पराजित गर्दै गण्डकी प्रदेशले रामेछाप सिभिल च्याम्पियनशिप २०७५ को उपाधि हात पारेको छ ।


विजेता गण्डकी प्रदेशले ३ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनको नमूनादीप युवा क्लव रामेछापले २ लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलमा तृतीय स्थान हासिल गरेको शान्तिदीप यूवा क्लव मन्थली रामेछापले १ लाख नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । प्रतियोगीतामा शान्तोवना भएको प्रदेश नम्बर १ ले नगद ५० हजार रुपैयाँ सहित मेडल ट्रफी र प्रमाण–पत्रमा चिक्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्