रामेछापको मुख्य सडक कालोपत्रे हुन्छः मन्त्री ढुंगेल



रामेछापको मुख्य सडक कालोपत्रे हुन्छःःमन्त्री ढुंगेल
२७ माघ, रामेछाप ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाका मुख्य सडकहरु कालोपत्रे प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । उनले जिल्लाका रणनैतिक महत्वका सडकलाई स्तरउन्नती र कालोपत्रे गरिदै लैजाने बताएका हुन् ।
आइतवार खाँडादेवी गाउँपालिकाको पकरवासमा नवनिर्मित प्रयागेश्वर माविको भवन उदघाटन गर्दै मन्त्री ढुगेलले भने,‘अबको शिक्षा प्राविधिक हुनुपर्छ, सधै विदेश मात्र जाने खालको शिक्षा होइन, विद्यालयमा अध्ययनपछि गाउँघरमा नै रोजगारी सृजना गर्नुपर्छ ।’

सामुदायिक विद्यालयमा विद्यालयको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर उकास्न लाग्नु पर्ने बताउदै सरकारले शिक्षा क्षेत्रको सुधारको लागि काम गरिरहेको बताए । उनले भने,‘विदेश पलायन रोक्न र गाउँघरमा नै युवाहरुलाई रोजगारी दिन उद्योग धन्दा सञ्चालन गर्ने कार्यमा सरकार लागेको छ ।’


कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सामुदायिक विद्यालयहरुको सुधारको लागि लागि परेको बताए । उनले भने,‘सामुदायि विद्यालयको गुणस्तर सुधार गरेर मात्र समृद्धि सम्भव छ ।’


कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष, माधव ढुंगेल, पूर्व सभासद तारानारायण श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की, नेविसंघका केन्द्रीय सदस्य रत्नहरि ढुंगेल लगायतको सभागीता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई ९शिक्षा० रामेछापका प्रमुख हेमन्त बुढाथोकीले समयमा नै विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिए ।

१२ करोड १३ लाखमा बन्यो ३४ कोठे भवन
भुकम्पको कारण विद्यालय भवन भत्किएपछि युएसआइडीको सहयोगमा प्रयागेश्वर माविले मुहार फेरेको छ । आधुनिक र सुविधा सम्पन्न ३४ कोठे भवन निर्माण भएको छ । पाँच वटा भवन र दुई वटा शौचालय रहेका छन् । विद्यालय निर्माणको जिम्मेवारी पाएको स्वच्छन्द÷खानी निर्माण सेवाले समयसीमाभित्र नै विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । विद्यालय भवनको डिजाइन र सुपरभिजन इआरएमसी कम्पनीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्