सुनापती गाउँपालिकाको दिमीपोखरी र खनियापानीमा वडा कार्यालय भवन बन्ने (सूचनासहित)



२८ माघ, रामेछाप ।
सुनापती गाउँपालिका वडा नम्बर २ दिमीपोखरी र वडा नम्बर ५ खनियापानीमा वडा कार्यालयको भवन निर्माण हुने भएको छ । वडा कार्यालय भवन नहुँदा कार्य सम्पादनमा कठिनाइ भएको कारण सुनापती गाउँपालिकाले भवन निर्माणको लागि बोलपत्र आह्वान गरेको हो ।
सुनापति गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बोलपत्र आह्वान गरेको हो । सुनापती गाउँपालिकाद्धारा प्रकाशन गरिएको बोलपत्रमा वडा नम्बर २ दिमीपोखरीको भवन निर्माणको लागि ७१ लाख र वडा नम्बर ५ खनियापानीको भवन निर्माणको लागि ६५ लाख रहेको छ ।


सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बोलपत्र आह्वान गरिएको बताए । सुनापती गाउँपालिका–४ बेथानको वडा कार्यालय व्यवस्थित रहेको छ । तत्कालिन गाविस कार्यालय हुँदा नै आरसिसी भवन निर्माण भएको थियो । अहिले सोही भवनलाई व्यवस्थित बनाएर सञ्चालन हुँदै आएको छ ।

सुनापती गाउँपालिका–१ गुन्सीमा वडा कार्यालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । सुनापती गाउँपालिका–३ हिलेदेवीले भने हुलाक कार्यालयको भवनलाई मर्मत सम्भार गरी सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले आगामी दिनमा भवन नभएका वडा कार्यालयहरुमा भवन निर्माण गदै जाने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्