१३ जिल्लाका भलिबल खेलाडी रामेछापमा आउँदै



रामचन्द्र वि.क.
२९ माघ, रामेछाप । आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको ३ नम्बर प्रदेशको छनौट चरणको प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता रामेछापमा हुने भएको छ । १३ ओटा जिल्ला भएको ३ नम्बर प्रदेशका १३ ओटै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने छन् ।


आगामी फागुन १३ गते देखि १६ गते सम्म संचालन हुने छ । ४ दिनसम्म चल्ने प्रतियोगीताको तयारीका लागि जिल्ला खेलकुद विकास समिति लागी रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख केशब प्रसाद कट्टेलले जानकारी दिए ।
प्रतियोगिता जिल्ला समन्वय समितिसँगै रहेको खेल मैदनमा हुनेछ ।

महिला भलिबल प्रतियोगिता भने छिमेकी जिल्ला दोलखामा हुने भएको छ । त्यसैगरी आठौँ राष्ट्रिय खेलकुद २०७५ अन्तर्गतको ३ नम्बर प्रदेशको छनौट चरणको प्रदेशस्तरीय अन्य २६ खेलहरु विभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुद परिषद् त३ नम्बर प्रदेश खेलकुद परिषद सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्