विद्यालयको छाना हावाहुरीले उडाएपछि हिमगंगामा विद्यार्थीको बिजोग



२९ माघ, रामेछाप ।
रामेछाप जिल्लाको दुर्गम भनेर चिनिने रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बोलङमा रहेको महारुद्र माध्यमिक विद्यालयको भवनको छाना हावाहुरीले उडाँउँदा पठन पाठनमा समस्या परेको छ । कक्षा १ देखि १० सम्म पठाई हुँदै आएको विद्यालयको कक्षा १ , ४ र ५ सञचालन हुँदै आएको भवनको छाना गत शुक्रबार साँझपख परेको असिना पानी सहितको हावाहुरीले डाँडाभाटा सहित पुरै छाना उडाएको हो ।


विद्यालयका प्रअ पदम बहादुर मगरले दलित तथा जनजाति समुदायका विद्यार्थीहरुको बाहुल्यता रहेको विद्यालयको सबै भवनहरु पुराना र जिर्ण अवस्थामा रहेको बताए । २०७२ को भुकम्पले क्षति पुर्याएको भवनमा केही कक्षाहरु पठनपाठन सन्चालन भइरहेको र त्यो पनि हावाहुरीले विद्यालयको छाना उठाएर निकै समस्या परेको उनले गुनासो गरे ।


भुकम्पपछि बनेको केही अस्थाथी टहराहरु पनि जिर्ण हुँदा पठनपाठन गर्न निकै समस्या छ, प्रअ मगरेले भने । भुकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको समन्वयमा ८६ लाखमा ६ कोठे भवन निर्माण जारी रहेको बताउँदै सो भवन निर्माण भइसकेपछि पनि विद्यालयलाई कक्षा कोठाको अभाव हुने प्रअ मगरले भनाइ छ । विद्यालयमा अहिले १२ जना शिक्षक र कक्षा १ देखि १० सम्म ३११ जना विद्यार्थिहरु छन ।

प्रतिक्रिया दिनुहोस्