नेकपाले मन्थलीमा जनयुद्ध दिवस मनाउदै



२९ माघ, रामेछाप ।
पार्टी एकीकरण भएपछि नेपाल कम्युनिष्ट पार्टीले पहिलो पटक रामेछापको सदरमुकाम मन्थलीमा जनयुद्ध दिवस मनाउने भएको छ । नेकपा रामेछापले मन्थलीमा फागुन १ गते २४ औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।


नेकपा तीन नम्बर प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टकल’ले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले ठूलो भूमिका खेलेको बताए । उनले जनयुद्धमा रामेछाप जिल्लाले ठूलो वलिदान गरेको बताए । जनयुद्धको क्रममा रामेछापको बेथानको प्रहरी चौकी कब्जा र दोरम्बा हत्याकाण्डले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा आएको थियो ।
जनयुद्धको जिउदा शहीद शकंर बोहोराले देशको शासन व्यवस्था परिवर्तन गर्नको लाग जनयुद्धले ठूलो योगदान गरेको बताए । उनले भने,‘समाज परिवर्तनमा जनयुद्धले महत्वपूर्ण योगदान गरेको छ, तर जनतासँग गरिएको प्रतिबद्धता अनुसार काम हुन सकेको छैन् ।’ उनले जनयुद्धमा बगेको रगतको सम्मान गर्न पनि नेताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्