मन्थलीमा बजार अनुगमन तीब्रः हार्डवयर पसलको ठगी धन्दा



१ फागुन, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा केही हार्डवयर पसलहरुले म्याद गुज्रेको सामाग्री विक्री गरीरहेको भेटिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीमा रहेका हार्डवयर पसल अनुगमनको क्रममा म्याद गुज्रेका सामाग्री भेटेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद भट्टराइको नेतृत्वमा निस्केको बजार अनुमगन टोलिले बि एस हार्डवयर, नवमी हर्डवयर, लक्की हार्डवयर र दिपज्योति हार्डवयर पसलहरुबाट म्याद गुज्रेको इनामेल, हारपिक, मोबिल र तौल नमिलेको १ थान तराजु जफत गरेको छ ।


यस अघि पनि मन्थलीका हार्डवयर पसलमा अनुगमन गरेर म्याद गुज्रेका सामाग्री जफत गरी ब्यापरीलाई सच्चिन आग्रह गर्दा समेत प्रशासनको आग्रहलाई बेवास्त गर्दै यस्ता सामाग्री विक्री गर्नु उपभोक्ताहलाई ठग्ने काम भएको जिल्ला प्रशासनले रामेछापले बताएको छ ।


बजार अनुगमनको जानकारी पाएपछि शंकास्पद पसलहरु बन्द हुने, म्याद नाघेका समानहरु लुकाउने जस्ता क्रियाकलापहरु व्यापरीले गर्न थाले पछि छड्के रुपमा अनुगमन गर्न थालिएको बजार अनुगमनका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराई जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रामेछापले पछिल्लो समयमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बजार अनुगमनलाई तीब्रता दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘गलत काम गर्नेलाई कालोबजारी अन्तर्गत मुद्दा चलाउछौ, नियम र कानुन विपरीत काम गर्नेलाई कानुनी दायरामा ल्याउने अभियान नै चलाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्