सुनापती गाउँपालिकाको हिलेदेवीमा सांस्कृतिक कार्यक्रम हुँदै



१ फागुन, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीको सादीडाँडामा सांस्कृति कार्यक्रम हुने भएको छ । सुनापती गाउँपालिकाको प्रायोजन र नेपाल आदिवासी जनजाति महास.घ सुनापती गाउँपालिका ससमन्वय परिषद्को आयोजनामा स्थानीय ताम्बाहरुको विशेष प्रस्तुतीको साथै सास्कृति कार्यक्रम हुन लागेको हो ।


फागुन ४ गते शनिवार २८५५ औ फाग सोनाम ल्होछारको अवसरमा स्थानीय सांस्कृतिलाई प्रबद्र्धन गर्ने दउेश्यको साथ सांस्कृति कार्यक्रम आयोजना गरिएको नेपाल जनजाति महासंघ सुनापती गाउँपालिका समन्वय परिषद्का अध्यक्ष हिरा दोङले बताए । वृहत्त सांस्कृति कार्यक्रममो संयोजक अभिषेक तामाङ, ताम्ब संयोजक सतलसिंह योञ्जन रहेका छन् । कार्यक्रममा पुष्प ब्याण्डको प्रत्यक्ष प्रस्तुती रहनेछ ।
कार्यक्रममा शुक्र लामा दोङ, प्रयास दोङ, अविशेक तामाङ, मिङ्स लामा, राजकुमार तामाङ, सरोज योञ्जन,अनिश याेञ्जन लगायतका कलाकारहरुको प्रस्तुती रहेनछ ।

प्रतिक्रिया दिनुहोस्