समाजसेवी दम्पतीः रामेछापको विकासमा एक करोड खर्चिदै



रामचन्द्र वि.क.
२ फागुन, रामेछाप । देशमा समृद्धि सपना देख्नेहरु अझै पनि सपना देख्नमै व्यस्त छन् । देखेको सपनालाई विपनामा बदल्नको लागि यतिबेला उनिहरुसँग केही कुराको कमी छैन् । पैसा र पद दुबै हुँदा पनि काम हैन भाषणमै दिन बिताइरहेका छन् । सिहंदरबाको अधिकार सबै जनताको घरघरमा गुग्यो भनेर आफूहरुले देखेका सपनाका केही यादहरुलाई भाषाण मार्फत समृद्धिको पर्खाइमा बसेका जनतालाई भनिरहेका छन् ।

तर जनताले खोजेको समृद्धि सरकार संचालन गर्नेहरुबाट आसपासन बाहेक केही नपाएको भन्दै विकासको पर्खाइमा बसेका नागरिकहरुले सार्वजनिक ठाउँहरुमै भन्न थाली सकेका छन् । नागरिकको चासो र गुनासोलाई बेवस्ता गर्दै बसेका विकास गर्छौ भन्नेहरुलाई चुनौती दिँदै रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ गुप्तेश्वरका एक दम्पतीले नागरिकको आधारभूत आवश्यकता मानिएको स्वास्थ्य देखि जिल्लाको धार्मिक पर्यटनलाई समेत सहयोग पुर्याउने गरी करिब एक करोड खर्च गर्ने प्राण गरेका छन् ।
संविधानसभा सदस्य र ब्रिटिस लप्टनको जोडी अहिले पनि निरन्तर विकासमा

उमेरले ७७ वर्ष पार गरेकी पुर्व राजपरिषद् सदस्य एंवम पहिलो संविधानसभा सदस्य दालकुमारी सुनुवार र ८५ वर्षिय ब्रिटिस सेनामा लामो जीवन बिताएका लप्टन मान बहादुर सुनुवारको जोडी अहिले पनि आफ्नो जिल्ला रामेछापको विकासमा निरन्तर रुपमा लागी रहेका छन् । गाउँपञ्चायत देखि संविधानसभा सदस्यसम्मको अनुभब गरेकी दालकुमारी सुनुवार र लप्टन मानबहादुरले आफ्नो गाउँ उमाकुण्ड–६ गुप्तेश्वरमा स्वास्थ्य चौकी भवनको लागि ४ रोपनी, विद्यालयको लागि ६ रोपनी, वडा कार्यालयको लागि साँढे दुई रोपनी र मन्दिर निर्माणको लागि साँढे एक रोपनी जग्गा निशुल्क दिएर विकासमा सहयोग गरी रहेका छन् । यी बाहेक धेरै काम आफ्नै खर्चमा गरीरहेका सुनुवार दम्पतीले अहिले जिल्लामै नमूनाको रुपमा देखिने गरी पशुपतीनाथको मन्दिर निर्माणमा जुटेका छन् ।
करोडा खर्च गरेर मन्दिर बनाउँदै

समाज विकासको लागि मानब समुदायमा नैतिकतालाई कायम राख्दै धार्मिक पर्यटन मार्फत विकास गर्ने उद्देश्यका साथ गुप्तेश्वर चापाबोटेमा शिब, राधाकृष्ण, बुद्ध, नाग र सरस्वतीको मुर्ति राखेर सबै धर्म मान्ने नागरिकलाई एउटै मन्दिरमा पुजा पाठ गर्न मिल्ने गरी पशुपतीनाथको मन्दिर निर्माणमा जुटीरहेका छन् सुनुवार दम्पती अहिले । जग्गा बाहेक मन्दिर निर्माण र मुर्ती खरिदमा ३० लाख खर्च गरीसकेका सुनुवार दम्पतीले मन्दिरमा हिन्दु, बौद्ध र कृष्ण प्रणामीहरुलाई छुट्टा छुट्टै पुजा गर्न मिल्ने, विवाह र ब्रतबन्ध समेत गर्न मिल्ने गरी मन्दिरको कार्य गर्ने योजनामा लागेका छन् । गुरुयोजना नै बनाए र निर्माण भइरहेको मन्दिरमा आगमी दिनमा फूल बगैँचा, भक्तजनहरुलाई पुजा गर्ने ठाउँ, पुजा गर्ने पुजारी, पुजारी बस्ने एउटा घर लगाएतका संरचना सम्म कामहरु हुनेछन् । गुरु योजना अनुसार मन्दिरको काम सम्पन्न गर्न करिब एक करोड खर्च हुने सुनुवार दम्पतीको भनाई छ ।
उद्घाटमा सबैलाई आउन आग्रह

बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार मार्फत आफुले गरेको कामको बारेमा जानकारी गराउँदै धार्मिक पर्यटन मार्फत जिल्लाको विकासमा सबैले सहयोग गर्नु पर्ने दम्पती सुनुवारले बताएका छन् । दम्पती सुनुवारले यहि फागुन २० गते मन्दिरको उद्घाटन गरिने भएकाले उद्घाटन सत्रमा सबैलाई सहभागी हुन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्