तिलबारीका घरघरमा पानी आएपछिको खुसीयाली



राजन महतारा क्षेत्री
३ फागुन, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–४ हिमगंगा तिलबारीमा खानेपानी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । पानीकै अभावले धेरैले गाउँ नै छाडेर गए अहिले घर घरमै खानेपानी आउँदा खुसी भएका छौ, तिलवारीका स्थानीय टेक बहादुर विकले भने ।
पानीको चरम अभाव रहेको हिमगंगा तिलबारीका नागरिकहरु डेढ घण्टा हिडेर पानी लिन जानुपर्ने बाँध्यता थियो । पानीको निकै समस्या रहेको तिलबारीमा सोलार प्यानल सिस्टम मार्फत पङखर पचलेखोलाबाट पानी तानेर घरघरमा पानी आउन थालेपछि पानीको हाहाकारमा गुज्रिएका तिलबारीका नागरिकहरु खुसीले गदगद भएका छन् ।


रामेछाप नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत गत वर्ष विनियोजित रकम ३० लाख , यस वर्ष विनियोजित रकम २९ लाख र जनश्रमदान ७ लाख गरी कुल ६६ लाख लागतमा निर्माण हो । गाउँबाट २ घण्टा टाढा रहेको पङखर पचलेखोलाबाट २ लिफ्ट सिस्टम मार्फत तीन सयि मिटर उचाईमा रहेको तिलवारी डाँडामा पानी तानिएको छ ।

४४ वटा सोलार प्यानल सहित ३ वटा ९० हजार लिटर क्षमताको ट्याङकी निर्माण गरिएको रामेछाप नगरपालिकाका इन्जिनियर कुशुम भट्टराईले बताए । उनका अनुसार योजना मार्फत ८० परिवारका लगभग ४ सय व्यक्तिहरु लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्