यस्तो बन्यो रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पक्की पुल



४ फागुन, रामेछाप ।
दस बर्ष अघि निर्माण कार्य थालनी गरिएको रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पक्की पुलको कामले आशा जगाएको छ । दस बर्षदेखि पुल निर्माण नहुँदा सास्ती खेप्दै आएका रामेछापवासी पुल निर्माणमा देखिएका प्रगतिले उत्साहित भएका छन् ।

करिब एक सय मिटर लामो पुलमा चार वटा पक्की पिलर निर्माण गरेर यस बर्ष करिब ६६ मिटरको स्टिलट्रस जडानको काम भइरहेको छ । तीन महिनाको अवधिमा पुल निर्माणको काम पाएको कन्काई निर्माण सेवाले धमाधम ट्रष्ट जडानको काम गरिरहेको छ ।

पुल अन्तर्गत रामेछाप–सिन्धुली जोडने मुख्य ट्रस जडान भइसकेको छ । नदी किनारको दुवैतर्फ अस्थायी सपोर्ट राखेर धमाधम काम भइरहेको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले रामेछाप न्युजलाई बताए । उनका अनुसार पुल निर्माणको काम अहिलेकै गतिमा अगाडि बढे आगामी जेठसम्म यातायात सञ्चालन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्