तिल्पुङको पञ्चकन्या मन्दिरलाई कान्छारामको तीन लाख सहयोग



रामचन्द्र वि.क.
५ फागुन, रामेछाप । नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङले रामेछापको विकास निर्माणको कार्यमा साथ दिदै आएका छन् । आपत विपद पर्दा हेलिकोप्टर मार्फत विरामीलाई काठमाडौंसम्म लैजाने कार्यमा सहयोग पनि गर्दै आएका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग पराजित भएका कान्छारामले निर्वाचनको क्रममा विकास निर्माणको काम देखि लिएर धेरै प्रतिबद्धता व्यक्त गरेका थिए । उनले निर्वाचनमा पराजित भएपनि आपूmले गरेको प्रतिबद्धता भने पूरा गर्दै आएका छन् । निर्वाचनमा पराजित भएर पनि निर्वाचनमा जनता समक्ष गरिएको प्रतिबद्धता अनुसार उनले जिल्लाको विभिन्न क्षेत्रको लागि एम्बुलेन्स वितरण गरेका थिए । जुन एम्बुलेन्स हाल बिरामी बचाउने साधनको रुपमा सञ्चालन भइरहेको छ ।


तामाङले लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ्मा निर्माण गरिएको पञ्चकन्यादेवी मन्दिरको लागि तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उक्त रकम आइतबार एक कार्यक्रमका बीच हस्तन्त्ररण गरेका हुन् ।

तामाङले रामेछापका विभिन्न ठाउँहरुमा सडक निर्माणको लागि निशुल्क रुपमा डोजर समेत उपलब्ध गराउँदै आएका छन् । आफु बुद्ध धर्म मान्ने भए पनि सबै धर्म बराबरी भएकाले सबै धर्मको संरक्षण गर्नको लागि आफू लागी परेको तामाङले बताए । उनले निर्वाचनको बेला जनताको घरमा जाँदा आफुले धेरै काम गर्छु भनेको र सोही प्रतिबद्धता अनुसार पराजित भएपनि काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्