सुनापती र दोरम्बा गाउँपालिकाको सीमाना धोवीखोलमा ट्रक दुर्घटना
६ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिकाको सीमाना धोवी खोलामा निसान गाडी दुर्घटना भएको छ । बा २ ख २९९८ नम्बरको निसान गाडी दुर्घटनमा परी सुनापती गाउँपालिका–२ आलामपुका डम्बर बहादुर श्रेष्ठ र ज्ञान बहादुर थापा घाइते भएका छन् ।
गाडी दुर्घटना हुनुको मुख्य कारण सडकको जिर्ण अवस्था रहेको स्थानीय देव राज पकुवालले आफ्नो फेसबुक पेजमा लेखेका छन् । उनका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बारम्बार आग्रह गर्दा पनि स्थानीय सरकारले सडकको स्तरउन्नती गर्नको लागि ध्यान दिएको स्थानीयले गुनासो गरेका छन् ।