मन्थली र रामेछाप नगरपालिकाभित्र वातावरण क्षेत्रमा १० करोड खर्च गरिदै
रामेछाप ७, फागुन ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले अबवातावरण संरक्षणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन् । स्थानीय सरकार आउँदा पनि विकास निर्माणलाई सडक बनाउने मात्रै हो भन्ने सोचबाट अगाडी बढ्दा वातावरण मासिदै गएको स्मरण गर्दै प्रमुख बस्नेतले वातावरण संरक्षको कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका हुन् ।
मंगलबार मन्थलीमा बातावरण संरक्षण परियोजना रामेछापद्धारा आयोजना गरिएको परियोजना अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
सामुदायिक बिकास समाज मन्थली, श्रृजनशील युवा समाज चिसापानी र सामुदायिक जनशक्ति बिकास कार्यक्रम गोल्माटार सहित ३ वटा संस्थाद्धारा मन्थली नगरपालिकको वडा नं १ देखि ६ सम्म र रामेछाप नगरपालिकाको वडा नं ७, ८ र ९ मा जैबिक बिबिधताको संरक्षण तथा दिगो ब्यवस्थापन गर्दै स्थानीय समुदायको जिवीकोपार्जनमा सुधार गर्ने मूल उदेश्यका साथ परियोजना सुरु भएको हो ।
परियोजना मार्फत बन ब्यवस्थापन, जलबयु परिबर्तन, बाताबरण संरक्षण र अर्गानीक खेती सम्बन्धि युवाहरुलाई जनचेतना जगाउने, १ सय हेक्टर जमिनमा बृक्षरोपण गर्ने, १ सय ५० वटा गोठहरु सुधार गर्ने रहेका छन् । त्यसैगरी १० वटा पक्की माछा पोखरी निर्माण गर्ने ५० वटा जल संरक्षण पोखरी निर्माण गर्ने, ३० वटा पानीको मुहान पहिचाहन गर्ने र १० वटा सिंचाई योजनानिर्माण गर्ने लगाएतका कार्यक्रमरु रहेका छन् ।
३ बर्ष सम्म चल्ने परियोजाना अबधिमा ७ करोड ४५ लाख ६१ हजार ८ सय ३९ रुपैया कार्यक्रमगत खर्च र ३ करोड ८ लाख २ हजार ७ सय ९४ ब्यबस्थापन सहित कुल १० करोड ४६ लाख ४४ हजार ६ सय ३२ रुपैया खर्च गर्न सकिने समेत कार्यक्रममा बताइएको छ । परियोजनाका लागि जर्मनीले आर्थिक सहयोग गर्ने डिटि एचजर्मनीका देशिय संयोजक श्याम कृष्ण श्रेष्ठ ले जानकारी दिए ।