गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा पोखरेल



रामेछाप ७, फागुन ।
गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा ईश्वरचन्द्र पोखरेल चयन भएका छन् । दोलखाको किर्नेमा मंगलबार सम्पन्न अधिबेशनले दोलखाको तामाकोशी गाँँउपालिकाका अध्यक्ष पोखरेल तीन नम्बर प्रदेशको अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना, सह–सचिवमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र कोषाध्यक्षमा धादिङको ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष जानुका सिम्खडा चयन भएका छन् ।


त्यसैगरी सदस्यहरुमा काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेस्वर काफ्ले चयन भएका छन ।

त्यसैगरी सदस्यहरूमा सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा , रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुलीको हरिहरपुर गणि गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी चयन भएका छन् ।

सोमबार देखि सुरु भएको अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्