रामेछापकी भलिवल खेलाडी सुनिता गौतम ‘म्यान अफ द म्याच’ घोषित



रामचन्द्र वि.क.
८ फागुन, रामेछाप । आठौँ राष्ट्रिय खेलकुद–२०७५ अन्तर्गतको ३ नम्बर प्रदेशको छनौट चरणको प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको खेल आज देखि सुरु भएको छ । छनौट चरणको पहिलो दिन आज चार खेलहरु सकिएका छन् । प्रदेश नम्बर तीनका रसुवा बाहेक १२ जिल्लाको सहभागिता रहेने खेल दोलखामा जारी छ । आज भएको खेलहरुमा दोलखाले काभ्रेलाई, भक्तपुरले धादिङलाई, ललितपुरले सिन्धुलीलाई र रामेछापले नुवाकोटलाई हराएका छन् ।


अन्तिम चरणको खेलमा रामेछापले २५–६ र २५–४ को सोझो सेटमा नुवाकोटलाई पराजित गर्दै उत्कृष्ट खेल प्रर्दशन गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रामेछापकी सुनिता गौतम म्यान अफ द म्याच घोषित भएकी छिन् । रामेछापले सिन्धुपाल्चोकसँग प्रतिस्पर्धा गर्ने रामेछापका टिम प्रशिक्षक बासु फुयालले जानकारी दिए । आज देखि सुरु भएको खेल फागुन ११ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्