फेरिदै दोरम्बा गाउँपालिकाको मुहारः व्यवस्थित सडक निर्माण धमाधम



९ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिकाभित्र विकास निर्माणको काम धमाधम अगाडि बढेको छ । गाउँपालिकाको सात वटै वडामा सडक सञ्जालले जोडिनुको साथै अधिकाशं टोलटोलमा सडक पुगेको छ । गाउँपालिकाले यस बर्षबाट भने सडक खन्ने कार्यलाई भन्दा पनि स्तरउन्नती गर्ने कामलाई प्राथमिकता दिएको छ ।
गाउँपालिकाले वडा कार्यालयसँग जोडिएका सडकलाई हिउद बर्षा नै सहज रुपमा यातायात सञ्चालन गराउने मुख्य उदेश्यको साथ सडकको स्तरउन्नती गर्ने काम अगाडि बढाएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाभित्र अधिकाशं क्षेत्रमा सडक निर्माण भएका छन, सडक पुग्न केही बाँकी क्षेत्रमा पनि सडक निर्माण भइरहेका छ, हामीले अब सडक निर्माण मात्र होइन, व्यवस्थित बनाउने काममका पनि ध्यान दिएका छौ ।’


दोरम्बा गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेलले सडकलाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हिउद बर्ष नै सहज रुपमा यातायात सञ्चालन गराउन सडकमा सोलिङ, ग्याविङ, माटो कटिङको काम अगाडि बढाएका छौ ।’ उनका अनुसार सात वटै वडामा सडक स्तरउन्नतीको कामलाई अगाडि बढाइएको छ ।
दोरम्बा गाउँपालिकाभित्रको मुख्य सडकको डिपिआर तयार पनि भएको छ । प्रदेश ३ को सरकारले मन्थली गाल्वा, गुरासे हुँदै चौरीखोलासम्मको सडक कालोपत्रे गर्ने काम अगाडि बढाइसकेको छ । त्यसैगरी गाउँपालिका चौरीखोला, गाउँपालिकाको केन्द्र टोकरपुर हुँदै सैलुङसम्म जोडने सडकको पनि डिपिआर तयार गरिसकेको छ । यस बर्ष चौरीखोलादेखि गुरासेसम्म ९ सय मिटर सडकमा सोलिङ, माटो कटिङ र ग्याबिङ हाल्ने काम अगाडि बढने भएको छ । बर्षाको समयमा सडकमा नै पानी बग्दा समस्या हुने भएकाले नालालाई व्यवस्थित गर्ने काममा ध्यान दिएको प्रवक्ता गजुरेलले बताए ।


त्यसैगरी गाल्वा–अग्लेश्वरी हुँदै दोरम्बासम्मको ७ किलोमिटर सडकको पनि स्तरउन्नतीको काम धमाधम अगाडि बढेको छ । शर्सत बजेट अन्तर्गत ५० लाखमा उक्त सडकमा नाला निर्माण, सोलिङ र माटो कटिङको काम भइरहेको दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडग बहादुर श्रेष्ठले बताए । उनले भने,‘पर्यटन गन्तव्य गाउँ घोषणा भएसँग दोरम्बामा पर्यटकहरु आउन सहज बनाउने मुख्य उदेश्यले हिउद बर्षा नै सहज सञ्चालन गर्न सडकको स्तरउन्तीको काम गरिरहेका छौ ।’ उनका अनुसार गाल्वादेखि दोरम्बासम्मको सडक व्यवस्थित बनाउन २ किलोमिटरमा सोलिङको काम धमाधम भइरहेको छ ।


गत बर्ष गाउँपालिकाको लगानीमा निकै अपठ्यारो मानिएको अग्लेश्वरीको भीरमा डेढ सय मिटर सडकको सोलिङ गर्ने काम सम्पन्न भएको थियो । गाल्वादेखि दोरम्बा ७ किलोमिटर रहेका छन् । अध्यक्ष श्रेष्ठले अब हिउद बर्ष नै गाल्वादेखि दोरम्बासम्म निर्वाध रुपमा यातायात सञ्चालन हुने बताए ।
त्यसैरी दोरम्बा गाउँपालिका–७ लखनपुरमा पनि सडक स्तरउन्नती गर्ने काम धमाधम अगाडि बढिरहेको वडा अध्यक्ष रेम थापा मगरले बताए । सडक निर्माणको कामको अनुगमन भने गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, वडा अध्यक्ष लगायतले निरन्तर रुपमा र्गै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्