खाँडादेवी गाउँपालिकाको मझुवामा बन्यो सुविधा सम्पन्न विद्यालय



११ फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिका–३ मझुवामा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । भुकम्पको कारण भत्किएको खाँडादेवी माविको नयाँ भवन निर्माण भएको हो । विद्यालय भवन निर्माण अवधि भन्दा एक महिना अघि नै सम्पन्न भएको छ ।

एडिबीको करिब ६ करोड लगानीमा बनेको विद्यालय भवनको निर्माण स्वच्छद÷खानी निर्माण सेवाले गरेको हो भने विद्यालयको डिजाइन र सुपरभिजन इआरएमसी कन्सल्टेन्टले गरेको थियो । इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले समय भन्दा अघि नै विद्यालय भवन निर्माण गर्न सकेकोमा खुसी लागेको बताए ।


नवनिर्मित विद्यालय तीन वटा भवनमा १४ वटा कोठा र एउटा शौचालय रहेको विद्यालय भवन निर्माणको जिम्मेवारी लिएका स्वच्छद÷खानी निर्माण सेवाका दिपेन्द्र कुमार कार्कीले जानकारी दिए । उनका अनुसार निर्माण अवधि १५ महिनाको रहेपनि एक महिना अघि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको हो ।

नवनिर्मित विद्यालय भवनको शनिवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उदघाटन गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले विद्यालय भवन निर्माणसँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।


उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, नेपाली कांग्रेस रामेछापका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का लगायतको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्त बुढाथोकीले समयमा नै विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिदै शैक्षिकस्तर सुधार गर्नुपर्नेम जोड दिए ।

प्रतिक्रिया दिनुहोस्