रामेछापमा सक्रिय बन्दै कांग्रेसः मन्थली नगरपालिकामा कार्यकर्तालाई प्रशिक्षण



११ फागुन, रामेछाप ।
रामेछाप जिल्लामा कांग्रेसले सक्रियता बढाएको छ । जिल्ला कार्य समिति रामेछापको निर्णय अनुसार आठ वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षणको अभियान अगाडि बढाएको हो । आठ ओटा स्थानीय तह भएको रामेछापमा पालिकास्तरीय प्रशिक्षणको कार्यक्रम अन्र्तरगत शनिबार मन्थली नगरपालिकाबाट प्रशिक्षणको सुरु गरिएको छ ।


नगरपालिकास्तरीय प्रशिक्षणमा काग्रेसका नेता मधु आर्चायले कांग्रेसको अवस्था र आगामी बाटोको बारेमा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीहरुले नेपाली काग्रेस विभिन्न खेमामा विभाजित हुँदै गएको भन्दै एकीकरणमा ध्यान दिन नेतृत्वलाई आग्रह समेत गरेका थिए ।

प्रशिक्षण समितिका संयोजक एंव सचिव लेखबहादुर कार्कीकाे समापतित्वमा भएकाे कार्यक्रममा नेपाली काग्रेस रामेछापका सभापती लबश्री न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्