दोरम्बा गाउँपालिकाको सैलुङमा भीषण आगलागी



१४ फागुन, रामेछाप ।
दोरम्बा गाउँपालिका वडा नम्बर ३ र ४ को सीमाना सैलुङको जंगलमा भिषण आगलागी भएको छ । दोरम्बा गाउँपालकाको बुढापानी सामुदायिक वनमा आज दिउसो ३ बजे आगलागी भएको हो । दोरम्बा गाउँपालिका–३ टोकपुरको सिङगारचेको माथिल्लो भागमा रहेको जंगलबाट सुरु भएको आगो अन्यत्र पनि फैलिएको छ ।


दिउसोबाट लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरुले दिनभर कोशिस गरेका थिए । आगलागीबाट मानविय क्षति भने भएको छैन् । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले दिनभर आगलागी नियन्त्रणको लागि कोशिस गरेको रामेछाप न्युजलाई बताए ।


उनले भने,‘आगो नियन्त्रणको लागि कोशिस जारी छ, रातीको समय भएकाले काम गर्न सकिएन, भोली बिहानबाटै पुनः आगो नियन्त्रणमा जुटछौ ।’ अध्यक्ष तामाङले के कारणले आगलागी नभएको हो भन्ने खुल्न नसकेपनि जंगलमा हिडने बढुवाहरुले चुरोट खाएर फ्याक्दा आगो लागेको हुन सक्ने आकलन गरिएको बताए । अहिले आगो पहरोतर्फ अगाडि बढेकाले तत्काल वस्तीको लागि जोखिम नभएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्