ठेकेदारी गर्ने जनप्रतिनिधीलाई कारवाही गर्ने मुख्य मन्त्री पौडेलको चेतावनी




नुवाकोट, १४ फागुन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताउनुभएको छ । उहाँले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैँ डोजर किन्दै ठेकेदारी गर्न थालेको गुनासो आइरहेकाले यस्ता जनप्रतिनिधिलाई कारवाहीे गरिने चेतावनी दिनुभएको हो ।

विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो,‘“जनताको काम गर्न आउनुभएका जनप्रतिनिधिले आफैले डोजर किन्दै ठेकेदारी गर्नु गलत हो । कोही पहिले नै ठेकेदार रहेछन् भने पनि जनप्रतिनिधि भएपछि पुरानो पेशा छोड्नुपर्छ ।’
जनप्रतिनिधि भएर ठेकेदारी गर्न नपाउने भएका कारण आगामी दिनमा पनि यस्तो गर्नेलाई प्रदेश सरकारले अब हटाएर छाड्छ, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पौडेलले ठेकेदारी गर्ने कार्यमा स्थानीय तहका जनप्रतिनिधिहरु वडाध्यक्ष, उपाध्यक्ष, अध्यक्ष, उपप्रमुख, प्रमुखसमेत क्रियाशील भएको पाइएको बताउनुभयो । मुख्यामन्त्री पौडेलले जनताका काम गर्न छाडेर विभिन्न वहानामा ठेकेदारी गर्नेलाई प्रदेश सरकारले उन्मुक्ति नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्