भगवानको दर्शन गरेर फर्किदा हेलिकोप्ट दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको अन्तिम दुई तस्बीर



१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

मन्त्री अधिकारी बुधवार बिहान काठमाडौंबाट तेह्रथुमको लागि प्रस्थान गरेका थिए । अठराई गाउँपालिकाद्धारा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए ।


तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

पाथीभरा माताको दर्शन नै मन्त्री अधिकारीको लागि अन्तिम दर्शनको रुपमा परिणत भयो । चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि विदाई हुने क्रममा खिचेको थियो । जुन फोटो उनको फेसबुक पेजमा पोष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्