हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौंमा, अस्पतालमा पोष्टमार्टम हुँदै



१६ फागुन, काठमाडौं ।
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याएर पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्प्ताल लगिएको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ । विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरल सहितका मन्त्री पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्