हेलिकोप्टर दुर्घटनाः विमानस्थलमा थामिएन आँशु (फोटोफिचर)



१६ फागुन, काठमाडौं ।
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनमा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । मौसम खराबको कारण आज मात्र मात्र शव ल्याएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत दुर्घटनमा परी निधन भएका सातै जनाको शव काठमाडौं ल्याएर पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजंज लगिएको छ । पोष्टमार्टमको रिपोर्ट आए लगत्तै श्रद्धान्जलीको लागि सैनिक मञ्च टुडिखेलमा राखिने भएको छ ।


विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नेपाली सेनाका प्रधानमन्त्री पूर्णचन्द्र थापा, शसस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल लगायत पुगेका थिए ।


हेलिकोप्टरबाट शव शववहानमा राख्ने क्रममा मन्त्री सहित विमानस्थलमा पुगेका मृतकका अाफन्तजन, नेकपाका नेता तथा कार्यकर्ताहरुको आँखा रसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्