दार्चुलामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु



१७ फागुन, काठमाडाैं । दार्चुलामा शुक्रबार राती ८ बजेर १० मिनेटमा भएको जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जादै गरेको म १ ज २८० नम्बर जिप गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले घट्ना स्थलमा ३ जना महिलाको शव फेला पारेको छ, भने ४ जना महिला र ३ जना पुरुषको शव भिरमा अड्किएको अवस्थामा रहेको घट्ना स्थलमा खटिएको प्रहरी टोलीले जनाएको छ । दुर्घटनामा परी जिप चालक दिपक धामी गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागी प्रहरी टोली उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा ल्याइएको छ । जिपमा कति जना सवार थिए भन्ने बारे अझै खुल्न सकेको छैन् । घट्ना स्थलमा प्रहरीले अहिले खोजतलासका साथै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्