रामेछापका डिएसपी फेरिए



१७ फागुन, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदवारमा सरुवा भएका छन् । उनको ठाउँमा काठमाडौं २ नम्बर गणमा कार्यरत प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई आएका छन् ।


डिएसपी सिंहको सरुवा भएसँगै विदाई भइसकेका छन् भने नयाँ डिएसपी भट्टराई रामेछाप आउने क्रममा रहेका छन् । केही दिनभित्र नै रामेछाप आउछु, डिएसपी भट्टराईले रामेछाप न्युजसँग भने,‘रामेछाप जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप मजबुद्ध बनाउन सबैसँगै सहकार्य र समन्वय गरेर अगाडि बढछु ।’

प्रतिक्रिया दिनुहोस्