अपडेटः धमाधम बन्दै रामेछाप–सिन्धुली जोडने खैरेनीघाट पुल



१८ फागुन, रामेछाप ।
बहुचर्चित रामेछाप–सिन्धुली जोडने सुनकोसीस्थित खैरेनीघाटको पुल निर्माणको काम तीब्र गतिमा अगाडि बढेको छ । दस बर्ष अघि निर्माण कार्य सुरु भएको पक्की पुल यस बर्ष गाडी सञ्चालन गर्ने निर्माण भइरहेको हो ।
निर्माण कम्पनीले आगामी जेठसम्म पुलको भौतिक संरचना काम सम्पन्न गर्ने बताएको छ । पुल निर्माण अन्तर्गत हाल स्टील ट्रष्ट जडानको काम भइरहेको छ । पुल निर्माणको जिम्मेवारी पाएको लामा÷खम्पाचे÷कन्काई जेभीले पाएको थियो ।


कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले यस बर्ष गाडी सञ्चालन हुनेमा कुनै पनि आशंका नगर्न आग्रह गरे । उनले रामेछाप न्युजसँग भने,‘विगतमा के–के भयो त्यतारित नफर्कियो, ढुक्क भए हुन्छ यस बर्ष पुल निर्माणको काम सम्पन्न गरेर गाडी गुडछ ।’

रामेछाप–सिन्धुली जोडने खण्डमा स्टील जडानको काम सम्पन्न भएको र फिनिसिङको काम भइरहेको स्थानीय जीवन राना मगरले बताए । उनले रामेछाप न्युजसँग भने,‘यस बर्ष पुल निर्माण भएर गाडी सञ्चालन हुन्छ भन्ने आशा पलाएको छ, अब सुनकोसी नदीको बहाप बढेपनि काम गर्न मिल्छ ।’


करिब ९ करोड लगानीमा निर्माण सुरु भएको एक सय मिटरको पुलमा करिब ६५ मिटर मात्र स्टील जडान हुनेछ । पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्