पाँच तस्बीरमा हेर्नुहोस मन्थलीमा माइक्रो बस दुर्घटना



२० फागुन, रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ मन्थलीको आकाशे पुल नजिकै भएको माइक्रो बस दुर्घटनामा परी एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोमवार साँझ मन्थलीबाट दोलखाको मालुखोला तर्फ जाँदै गएको बा १ ज ९९०१ नम्बरको माइक्रो बस तीब्र गतिको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख कुशहरि भण्डारीले रामेछाप न्युजलाई बताए ।
उनका अनुसार दोलखा जाने क्रममा माइक्रो बस अनियन्त्रित भएर तामाकोसी नदीमा पुगेको थियो । सडकबाट माइक्रो एक सय मिटर तल तामाकोसी नदीमा पुगे पनि नदीमा भने पर्नबाट जोखिएको थियो ।
भण्डारीले रामेछाप न्युजसँग भने,‘गाडीमा दुई जना मात्र यात्रु भएकाले चालकले तीब्र गतिमा गाडी चलाउदा दुर्घटना भएको पाइएको छ, थप अनुसन्धान अगाडि बढेको छ ।’ चालकहरुलाई बारम्बार सीमित गतिमा मात्र सवारी साधन सञ्चालन गर्न जनचेतनाको कार्यक्रम सञ्चालन गरेपनि वेवास्था गर्दा दुर्घटना हुने गरेको उनले बताए ।
पाँच तस्बीरमा हेर्नुहोस माइक्रो बस दुर्घटना


तस्बीरः कुशहरि भण्डारीबाट

प्रतिक्रिया दिनुहोस्