अहा ! सैलुङमा हिउ मान्छे (फोटोफिचर)



नारायण श्रेष्ठ
२१ फागुन, रामेछाप । रामेछाप र दोलखाको सीमाना पर्यटकीय क्षेत्र सैलुङमा यस पटक निरन्तर हिउ परेसँगै आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि बृद्ध भएको छ । यस बर्ष मात्र पटक–पटक गरी पाँच पटक सैलुङमा हिमपात भएको छ । हिउ परेसँगै सैलुङको आर्थिक अवस्थामा समेत परिवर्तन आएको स्थानीय पेम्बा तामाङ बताउछन् ।
सैलुङमा हिउसँग रमाउनको लागि राजधानी काठमाडौ, सदरमुकाम मन्थलीदेखिका आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । केही दिन मात्र बर्षासँगै सैलुङमा बाक्लो हिमपात भएको थियो । हिउ खेल्न र हिउसँग रमाउनको लागि अहिले पनि सैलुङमा दैनिक रुपमा सयौको संख्यामा मानिसहरु आउने गरेका छन् ।
हिउको विभिन्न आकृति, विभिन्न व्यक्तिका तस्बीर आकृति बनाएर फोटो खिच्ने र रमाउने क्रम पनि बढेको छ । दोरम्बा गाउँपालिकाले सैलुङको पर्यटन क्षेत्रको विकासको लागि आगामी वैशाख १ गते सैलुङ महोत्सवको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्