आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेलद्धारा जिल्ला कारागार रामेछापको अनुगमन



२१ फागुन, रामेछाप ।
प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरट्टेलले जिल्ला कारागार रामेछापको अनुगमन गरेका छन् । मन्त्री जमरकट्टेलले कैदी बन्दीको अवस्था, भवन लगायतको बारेमा चासो राखेका थिए । अनुगमनको क्रममा उनले कारागार व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


सभासद तारानारायण श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष कुमार भट्टराई, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भोला प्रसाद कुसुवा, रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगर लगायतको टोलीले कारागारको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा कारकागारमा रहेको खानेपानी, ढल व्यवस्थापन, सवारी साधन, भवन लगायतको समस्या र सुधारका विषयमा छलफल भएको जिल्ला कारागार कार्यलयका प्रमुख प्रमोद कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्