पढाउन छोडेर आन्दोलन गर्ने शिक्षकलाई तलब दिदैनौः अध्यक्ष तामाङ



२१ फागुन, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले विद्यार्थीलाई पढाउन छोडेर शिक्षकहरुले आन्दोलन गरे तलब नपाउने चेतावनी दिएका छन् । उनले शिक्षकले तलब लिएपछि राम्रोसँग पढाउनु पर्ने बताउदै विद्यालय नगएर आन्दोलनमा जानेमाथि कारवाही हुने चेतावनी दिएका हुन् ।
राहात र अस्थायी शिक्षकहरु माथि सरकारले गरेको आन्दोनलाई सरकारले दमन गरेको भन्दै खाँडादेवी गाउँपालिका–८ रहेको भारती माविका राहात, अस्थायी, निजी स्रोत, बालकोटा र उच्च मावि तहका शिक्षकहरु पठनपाठन नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।
अध्यक्ष तामाङले संविधान अनुसार आधारभुत विद्यालय मावि विद्यालय स्थानीय सरकार मातहत रहेको बताउदै नियम कानुन विपरीत आन्दोलनको घोषणा गरेर पठनपाठन अवरुद्ध गर्नेमाथि कारवाही हुने बताए । उनले गाउँपालिका अन्तर्गतका सबै विद्यालयका प्रअहरुलाई गाउँपालिकामा बोलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्